लिभिङ टुगेदरमा बसेको केटाले विवाह गर्न नमानेपछि आत्महत्या गर्न पोलमा चढेकी महिलालाई प्रहरीले बचायो
काठमाण्डौं– २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको केटाले बिवाह गर्न नमानेको भन्दै शनिवार एक महिलाले काठमाण्डौंको माइतीघर मण्डलामा पोलमाथि चढेर आत्महत्याको प्रयास गरेकी छिन्। उनलाई प्रहरीले उद्धार गरेको छ।
जुम्ला घर भएकी सहारा शाहीले माईतीघर मण्डलास्थित झण्डा राखेको पोलमा चढेर हामफाल्ने प्रयास गरेकी थिईन। तर, प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएर आत्महत्याको प्रयास असफल पारेको छ।
दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै उनी करिब ३५ दिनदेखि घर्नामा बसेकी थिईन। धर्नाबाट कुनै पनि निकायबाट उनको माग सुनवाई हुने स्थिती नदेखिएपछि आज हाम्फालेर मर्ने भन्दै पोलमा चढेकी थिइन्।
प्रतिक्रिया
