गठ्ठाघरमा ट्रकको ठक्करबाट मारिएको भनिएकी सुष्मा नेपाली सम्पर्कमा आएपछि प्रहरीलाई तनाव

काठमाण्डौं– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मारिएको भनिएकी दोलखाकी २३ वर्षीया सुष्मा नेपाली सम्पर्कमा आएपछि प्रहरी अन्यौलमा परेको छ। दुर्घटनामा मृत्यु भएको भनिएकी दोलखाको मोलुङ गाउँपालिका–४ की नेपाली अहिले प्रहरीको सम्पर्कमा छिन्।

उनी काठमाण्डौंको बागबजार वस्दै आएको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार योसँगै उक्त शवको पहिचान अझै हुन सकेको छैन। एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए। तर पछि सुष्मा नेपाली नै सम्पर्कम आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।

कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला प्रहरीले जनाएको छ। ती युवालाई प्रहरीले फेरी सोधपुछ गरिरहेको छ। बिहीबार दिउँसो करिव साढे १ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो।

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

ट्रक चालक दुर्घटनापछि फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट