इनरुवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उपचार गराएर फर्केका युवकको मृत्यु

इटहरी– सुनसरीको इनरुवास्थित बस स्टेण्डमा बुधबार साँझ ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा विराटनगरमा उपचार गराएर फर्किदै गरेका एक युवकको मृत्यु भएको छ।

पश्चिम जाँदै गरेको ना ३ ख १४५ नम्बररको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मेहताको घट्नास्थलमै मृत्यु भएको हो। उनी विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराएर घर फर्कदैँ गर्दा दुर्घटनामा परेको डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

मेहताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट