भैंसीको आक्रमणमा बाघ मर्यो
हेटौंडा– मकवानपुरमा भैँसीको आक्रमणमा परी बाघ मरेको छ। मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
पर्सा बन्यजन्तु आरक्ष सुरक्षाका लागि खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकको नेपाली सेनाको टोली घट्नास्थल परेको छ। सेना र प्रहरीसहितको टोलीले हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको देखिएको जनाईएको छ।
मृत बाघ नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया
