गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाईते, १ जनाको अवस्था गम्भिर

काठमाडौँ– बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप बुधबार गुल्मी रुद्रवेणीमा दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन्।
लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका–१ रुद्रवेणी नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा घाईते १५ जना मध्ये एक जनाको अवस्था गम्भीर छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका असई कृष्ण सुनारका अनुसार बाग्लुङको बरेङ गाउँपालिका–३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ।
११ जना मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ।
प्रतिक्रिया