राष्ट्रिय गानका विषयमा स्वर्णिम वाग्लेको अल्पज्ञानः व्याकुल माईला ‘राष्ट्रकवी’, गोपाल योन्जन ‘संगीतकार’

काठमाडौँ– राष्ट्रिय गानका विषयमा गलत जानकारीसहितको प्रतिक्रिया दिएर त्यसको भीडीओ सामाजिक सञ्जालमा पोष्ट गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्ले अहिले आलोचनाको केन्द्रमा छन्।

भिडियो फुटेजमा रास्वपाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग वाग्लेको संवाद छ। जसमा वाग्लेले नेपालको राष्ट्रिय गान लेख्ने कवि व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन् भने संगितकार गोपाल योञ्जन भनेका छन्।

नेपालको राष्ट्रिय गान लेख्ने ब्यक्ति ब्याकुल माईलाले कुनै त्यस्तो पदवी पाएका छैनन्। राष्ट्रकविको पदवी माधवप्रसाद घिमिरेलाई दिइएको छ। राष्ट्रिय गानमा संगीतकार अम्बर गुरुङ हुन्। नेपालको वर्तमान राष्ट्रिय गान तयार हुँदा गोपाल योन्जनको निधन भईसकेको (२०५४ सालमा) थियो।

त्यो बेलासम्म नेपालको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली…..’ नै प्रचलनमा थियो। जसका लेखक चक्रपाणी चालिसे र संगीतकार बखतबहादुर बुढापीर्थी हुन।

सम्वादका क्रममा ‘तपाईँले नेशनल एन्थम (राष्ट्रिय गान) कहिले सिक्नुभयो ?’ भन्दै पूर्वमन्त्री श्रेष्ठले सोधेकी थिइन्। जवाफमा वाग्ले भन्छन्, ‘हाम्रो व्याकुल हो कि के कविजी … राष्ट्रकवि…. उहाँ भनेपछि आई वाज भेरि क्युरियस…. एउटा जनजाति पृष्ठभूमिको कविले ….. एकदमै चैँ…. नेपालको राष्ट्रिय गीत गाएर… गोपाल योञ्जनले म्युजिक भर्नुभएको भनेर न्युज पढेपछि गुगल गरेर सोधखोज गरेको याद छ मलाइ।’

यसरी, वाग्लेको अल्पज्ञान छचल्किएको भन्दै अहिले उनको ब्यापाक आलोचना छ। वाग्ले देशकै उत्कृष्ट अर्थशास्त्री मध्येका एक हुन। बुढानीलकण्ठ माद्यमिक तह, लन्डन स्कुल अफ इकोनोमिक्समा स्नातक, हार्डवर्ड युनिभर्सिटीमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पीएचडी गरेका वाग्लेको वुझाई यो स्तरको कमजोर होला भनेर सायदै कसैले सोचेका थिए होलान।

वाग्लेसँग विश्व बैंकलगाायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव छ। राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसकेका उनी तनहुँबाट प्रत्यक्ष रूपमा निर्वाचित सांसद समेत हुन्। यता, वाग्लेले यसरी जथाभावी वोलिरहँदा पूर्वमन्त्री श्रेष्ठले समेत उनलाई सच्याएको देखिएको छैन। त्यसैले श्रेष्ठ स्वयमलाई पनि यसको विषयमा जानकारी नएको स्पष्ट हुन्छ।

यो सवै हेर्दा ‘उनीहरु दुवैलाई नआउने र उनीहरुले नजानेको केही छैन’ भनेर वुझ्नेहरुको जमात कम छैन। तर, संसदको हरेक वैठक तथा अधिकांश कार्यक्रममा गाउनु पर्ने राष्ट्रिय गानका विषयमा उनीहरुको अल्पज्ञानले भने ‘जान्नेलाई छान्ने’ रास्वपाको नारालाई नै गिज्याईरहेको भन्दै धेरैले प्रतिक्रिया जनाएका छन्।

वाग्ले र श्रेष्ठको सम्वाद हेर्न यहाँ क्लिक गर्नुहोस (भीडीओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट