दशैंका बेला बन्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौँ– सम्पुर्ण नेपाली दशैंको उल्लासमा झुमिरहेका वेला कैलालीमा भने एक पुरुषले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

चुरे गाउँपालिका–६, मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले श्रीमती ४७ वर्षीया हिरादेवी चुनाराको हत्या गरेका हुन।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार डम्बरले बिहीबार राति करिव १ बजे हिरादेवीलाई बन्चरो प्रहार गरेका थिए। हिरादेवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गङ्गा बहादुर थापाले बताए।

डम्बरलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट