लमजुङमा जीप दुर्घटना हुँदा २२ जना घाईते, ५ जनाको अवस्था गम्भिर

काठमाडौंँ– लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर छ।

सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप आज बिहान साढे ११ बजे दुर्घटना भएको थियो।

टाउकोमा चोट लागेका ५ जनालाई चितवनको भरतपुर पठाइएको छ। बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर राजकिशोर साहले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट