झापामा मापसे गरी मोटरसाईकल हुईँक्याउँदा रुखमा ठोक्किएर चालकको मृत्यु

दमक– झापामा तिव्र गतिमा रहेको मोटरसाईकल रुखमा ठोक्किँदा शुक्रबार अपरान्ह चालकको मृत्यु भएको छ। पछाडि बसेका एक जना गम्भिर घाईते छन्।

शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको बायाँ साइडमा रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको श्रीजंघा गाउँपालिका– ६ का सन्तोष लिम्बू (२६) को मृत्यु भएको हो।

टाउको र छातीमा चोट लागेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याईएको थियो। अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका श्रीप्रसाद लिम्बू (२३) घाइते भएका छन्। उनको बीएण्डसी अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट