मोरङमा हातखुट्टा बाँधेर २ सन्तानकी आमालाई सामुहिक बलात्कार गरिएको घट्नामा थप १ युवा पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका–३, खदरा बस्तीकी दुई सन्तानकी आमालाई हातखुट्टा बाँधेर सामुहिक बलात्कार गरिएको घटनामा संग्लग्न भएको आरोपमा प्रहरीले थप एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवाको पहिचान प्रहरीले खुलाएको छैन।

उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। उक्त घट्नामा यसअघि १ भारतीय नागरिकसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टाका १९ वर्षीय मोहम्मद गुल्जार छन्।

मंगलबार दिउँसो २३ वर्षीय ती दलित समुदायकी महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतको बीचमा रहेको बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी थिईन।

सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले देखेपछि प्रहरीले उनको उद्धार गरेको थियो। उनको विराटनरस्थित कोशी अस्पतालमा उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

महिलाकै बयानका आधारमा आरोपितहरु पक्राउ परेका हुन। मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी ती महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन्।

त्यही बेला आफुलाई नियन्त्रणमा लिएर सिटीमा राखी बाँसँ झ्याङमा पु¥याईएको र सामुहिक बलात्कार गरिएको महिलाले वताएकी छिन्। श्रीमानले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी छिन।

बेलाबखत मजदुरी गर्न जाने भएकाले अबेरसम्म घर नफर्के पनि खोजी नभएको आमा रेखाले बताइन्। प्रहरीले चारै जनालाई हिरासतमा राखेर घट्नाको अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट