पिंगलास्थानमा प्रेमीकाको मृत्यु भएपछि जोरपाटीका प्रेमी भागेर पुगे ओखलढुङ्गा
काठमाडौँ– काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी २१ वर्षीया सुस्मिता खड्कासँग सँगै बसेका युवक जोरपाटीका २३ वर्षीय देवबहादुर थापा रहेको खुलेको छ।
प्रहरीको अनुसन्धानका क्रममा सुस्मिताको मृत्युपछि उनी भागेर ओखलढुंगा पुगेका छन्। उनको खोजीका लागि प्रहरीको एउटा टोली नै ओखलढुंगा गएको छ। उनी सुस्मिताको मृत्यु भएपछि बाहिरबाट ढोकामा चाबी लगाएर भागेको देखिएको छ।
किशोरीको मोवाईल पनि उनले नै लगेको अनुमान छ। मृतकको शरीरमा बाहिरी चोट देखिको छैन। त्यसैले मृत्यु कसरी भएको खुलेको छैन। खड्काको शव बुधबार दिउँसो बेडमै फेला परेको थियो। उनी जुत्ता लगाएकै अवस्थामा थिईन।
थापा र खड्का १६ पुसमा होटलमा बस्न पुगेका थिए। उनीहरु प्रेमी प्रेमिका भएको प्रहरी स्रोतले जनाएको छ।
यो पनि,
- पिंगलास्थानमा किशोरी हत्या प्रकरणः रेडबुलमा नसालु पदार्थ सेवन गराएको आशंका, मोवाईल बोकेर प्रेमी फरार
- पिंगलास्थानस्थित होटेलमा किशोरीको हत्या गरेको आशंका गरिएका युवक आजै जापान जान लागेको खुलासा
- एक युवकसँगै गौशालाको होटलमा बसेकी थिईन मृत भेटिएकी स्वस्तिका
- कागेश्वरीकी स्नातक तेस्रो वर्षकी छात्रा गौशालाको होटलमा मृत भेटिईन
प्रतिक्रिया

