कुकुरले उडायो दम्पतिको अस्ट्रेलिया सपनाः स्कुटर दुर्घटनामा पतिको मृत्यु, पत्नि अस्पतालमा

दमक– भक्तपुरमा भएको स्कुटर दुर्घटनामा परी झापाको भद्रपुर नगरपालिकाकी पूर्वउपमेयर चन्द्रमायाँ श्रेष्ठाका छोराको मृत्यु भएको छ।

तीनदिन अघि भक्तपुरको सानोठिमीमा भएको स्कुटर दुर्घटनामा परी भद्रपुर– ८ निवासी चन्द्रमायाका छोरा २९ वर्षीय निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी गम्भीर घाइते भएका थिए। घाइते मध्ये निश्चलको नर्भिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।

बिहीबार साँझ निधन भएका निश्चल चन्द्रमायाका एउटै सन्तान हुन। पूजाको सोही अस्पतालमा उपचार भइरहेको छ। निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै घर फर्किएका थिए।

बिहीबार राति पूनः अस्ट्रेलिया उड्ने तयारीमा रहेका उनीहरु सामान किनेर भक्तपुरस्थित घर फर्किने क्रममा दुर्घटनामा परेका हुन। कुकुरले सडकमा अवरोध गरेपछि स्कुटर अनियन्त्रित भई उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट