आफ्नो असक्षमता छोप्न जनमतले जारी गरेको ८ बुँदे वक्तव्यले मधेशमा सत्ता गठवन्धन धरापमा

जनकपुर– आफु नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेपछि गठवन्धनका अन्य दललाई दोस दिएर ओभानु हुन खोजेको जनमत पार्टीको उत्ताउलो ब्यवहारका कारण मधेशमा गठवन्धन धरापमा पर्ने खतरा देखिएको छ।
जनमतले आफनो पार्टीको आधिकारिक फेसबुक पेज मार्फत शुक्रबार को ८ बुँदे बक्तब्य सार्वजनिक गर्दै मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको र मुख्यमन्त्रीलाई घेरवन्दीमा पारोको गम्भिर आरोप लगाएको थियो।
यतिमात्रै होईन, वक्तब्यमा कांग्रेस एमालेका मन्त्री घुस खान लागि परेको र मन्त्रालयका सचिवहरुलाई ‘सरकार ढलिहाल्छ’ भन्दै काम नगर्न दबाब दिएको आरोप पनि जनमतले लगाएको थियो।
कुनै पनि मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, अनियमिततामा संलग्न हुने गरेको, अर्थ मन्त्रालयले पीएलएमबीआईएस प्रणाली पाँच महिनासम्म लक गरी पुँजीगत खर्चमा रोक लगाएको, पुँजीगत बजेट खर्च गर्न कांग्रेसबाट अर्थमन्त्री रहेका सुनिल यादव बाधक रहेको लगायतका आरोप जनमतले लगाएको थियो।
यो प्रकरणले गठवन्धनमा तरंग उत्पन्न भएको छ। कांग्रेस र एमाले भित्र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बहस सुरु भएको जनाईएको छ।
नेकपा एमाले भित्र जनमतले लगाएका आरोपबारे आन्तरिक छलफल चलिरहेको एक नेताले बताए। जनमतले आफ्नो अरक्षमता ढाकछोप गर्न अन्य दलमाथि आधारहीन आरोप लगाएको ठहर एमालेको छ।
एमालेकी प्रदेश सांसद शारदा थापाले जनमतको बक्तव्य अप्रमाणित आरोप लगाएर आफ्नो असक्षमता, गलती ढाकछोप गर्न खोजेको बाहेक केही नभएको वताईन। एमालेका प्रमुख सचेतक हरिनारायण महतोले यस विषयमा सकेसम्म आजै गठबन्धनको बैठक बसेर जनमत पार्टीले लगाएका आरोपबारे छलफल हुने बताए।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव चार दलीय सत्ता गठबन्धनका नेताहरु बसेर यस विषयमा छलफल गर्ने बताएका छन्।
यस्तो छ जनमतको ८ बुँदे वक्तव्य