कुर्सी भाँचिँदा संसदमै लडिन एमालेकी महिला सांसद, बोल्दै गरेका गगन थापा रोकिए
काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठक चलिरहँदा एक जना महिला सांसद कुर्सी भाँचिएका कारण लडेकी छिन्। कुर्सी भाँचिदा एमालेकी सांसस उर्मिला थेबे लडेकी छन्।
सदनमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापा बोलिरहेका थिए। त्यसै वेला सांसद थेबे बसेको कुर्सी भाँचियो।
उनी लडेपछि गगन थापा बोल्दाबोल्दै रोकिए। सांसद थेबेलाई अन्य सांसदहरूले बैठककक्षबाट बाहिर निकालेका थिए। यो घट्नाले केहीबेर सदन प्रभावित भएको थियो।
सांसद थेबेलाई कुनै चोटपटक भने नलागेको एमाले सचेतक सुनिता बरालले जानकारी दिईन।
प्रतिक्रिया
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
