मालिक टुङ्गो नलगाई सप्तरी प्रहरीले किन डढायो २४ क्विण्टल गाँजा ?

राजविराज — सप्तरी प्रहरीले शुक्रबार २४ क्विन्टल गाँजा डढाएर नष्ट गरेको छ। राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो खोलामा गाँजा डढाईएको हो।

सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार उक्त गाँजा गत १९ फागुनमा राजविराज नगरपालिका–९ मलेठस्थित राजनारायण साहको गोदाममा बरामद भएको हो। राजनारायण नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिताकुमारी साहका पति हुन।

साहले उक्त गोदाम भाडामा लगाएको र गाँजा आफनो नभएको दावी गरेका छन्। प्रहरीले हालसम्म पनि गाँजा मालिकको बारेमा सार्वजनिक अभिब्यक्ति दिन सकेको छैन। गोदाम भाडा लिएको भनिएका रोसन यादव फरार छन्।

एसपी खतिवडाले गोदामबाट नियन्त्रणमा लिइएका व्यक्तिले दिएको बयानका आधारमा घट्नाको अनुसन्धान भईरहेको बताएका छन्। गोदामा २४ क्विण्टल १९.५ किलो गाँजा बरामद भएको थियो। यसैगरी, चाईनिज स्याउ, चिनी, सुर्ती, सेनिटरी प्याडसहितका सामान पनि गोदाममा बरामद भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट