इतिहाँस मेट्ने गरी सिरहामा भारतीय नेताको नाममा पार्क बनाउन थालेपछि सीके राउत र मधेशका मुख्यमन्त्रीको आलोचना

राजविराज– तेह्रौं/चौधौं शताब्दीका महानायक राजा सलहेशको इतिहाँस नामेट गर्ने गरी सिरहाको लहानस्थित सलहेश फूलवारीमा भारतीय नेता ‘भिमराव अम्बेडकर पार्क’ निर्माण अगाडि बढाएपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेश सरकारको अहिले विरोध भईरहेको छ।

जनमतका अध्यक्ष डा. राउत र मुख्यमन्त्री सतिस सिंहले सोमबार लहान बजारदेखि करिब चार किलोमिटर पश्चिम–दक्षिणमा रहेको सलहेश फूलवारीमा ‘भिमराव अम्बेडकर पार्क’को शिलान्यास गरेका थिए। पार्क निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमा अम्बेडकरको शालिक, पानीको झरना, हात्तीको मूर्ति र प्रवेशद्वार निर्माण हुने मुख्यमन्त्री सिंहले वताए।

शिलान्यास समारोहमा उनले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित योजना अघि बढाईएको वताएका थिए। अम्बेडकर जस्तो प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनेपछि फुलवारी क्षेत्रको विकासले गति लिने र दलित तथा अन्य समुदायलाई पनि प्रेरणा मिल्ने उनको भनाई थियो।

तर, मधेश सरकारको यो निर्णयको दलित समुदायबाटै विरोध भएको छ। नेपाल पत्रकार महासंघ सिरहाका सह–सचिव धर्मेन्द्र पासवानले सलेह फूलवारीमा अम्बेडर पार्क निर्माण गर्दा राजा सलहेशको इतिहास तथा पहिचान मेटिने टिप्पणी गरेका छन्।

यस्तै, दलित अगुवा सोभित पासवानले पनि सलहेश फूलबारीमा अम्बेडरको पार्क बनाउने प्रदेश सरकारको निर्णय अपरिपक्क भएको बताए। एउटा इतिहासि मेट्ने गरी अर्को इतिहास बनाउन खोज्नु नाजायज भएको उनको टिप्पणी छ।

यता, पुर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता उमेशकुमार यादवले पनि प्रदेश सरकारको यो निर्णयप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जाल फेसवुकमा शिलान्यास समारोहको फोटो शेयर गर्दै लेखेका छन्–‘अम्बेडर बिचारधारा माथि प्रहार गर्दै अम्बेडर पार्कको शिलान्यास !’

भारतीय नागरिक अम्बेडकर दलित समुदायका ब्यक्ति हुन। उनी सन् १९४७ मा जारी भएको भारतीय संविधानको मस्यौदाकार पनि हुन। भेदभाव विरुद्ध समानताको पक्षमा संवैधानिक व्यवस्था गर्न महत्वपूर्ण योगदान पुर्याएका कारण उनलाई अहिले पनि भारतमा सम्मान गरिन्छ।

यता, दुसाध जातीका सलहेश तेह्रौं/चौधौं शताब्दीका राजा थिए। दुसाध पिछडा वर्गको एउटा जाति हो र यिनीहरूको लोकदेवता सुलहेशको पूजाआजा गर्छन। सिरहाको मानिकदह, पकियागढ, सलहेश फूलवारी र सिरहा सदरमुकाम उनको इतिहाँससँग जोडिएका क्षेत्र हुन।

सलहेश फुलवारी क्षेत्र उनले पूजाका लागि फूल टिप्ने ठाउँ रहेको मानिन्छ। यो फुलबारी २५ बिगाहमा फैलिएको छ र यसको हेरचाह स्वयम् राजा सलहेशले गर्ने गर्थे भन्ने किंवदन्ती छ। यसै फूलबारीमा राजा सलहेस र मालिनी कुसुमाको प्रथम भेटघाट भएको थियो र दुवैमा प्रेम थियो। तर उनीहरुको प्रेम सफल हुन सकेन।

फूलबारीमा सलहेशको कुस्ती खेल्ने अखडा पनि अवस्थित छ। यहाँ फूलबारीको बीच भागमा राजा सलहेशको गह्वर (मन्दिर) भएकाले यहाँ पूजाआजा गर्ने गरिन्छ। सलहेस क्षत्र एउटा पुरातात्विक, ऐतिहासिक, धार्मिक फूलबारी हो। यहाँ हरेक नयाँ वर्ष (वैशाख १ गते) मा हारमको बोटमा माला आकारको फुल फुल्छ।

वर्षमा एक दिनमात्र फुल फुल्ने र भोलिपल्ट ऐलाएर जाने यो अनौठो दृष्य हेर्न नेपालबाट मात्र होईन, भारतबाट पनि मान्छेहरु आउने गरेका छन्। यहाँ हरेक वर्ष वैशाख १ र २ गते मेला लाग्छ। प्रदेश सरकारले अहिले सोही ठाउँमा अम्बेडकर पार्क बनाउन लागेको हो।


प्रतिक्रिया

One thought on “इतिहाँस मेट्ने गरी सिरहामा भारतीय नेताको नाममा पार्क बनाउन थालेपछि सीके राउत र मधेशका मुख्यमन्त्रीको आलोचना

  1. राजा सलहेश र डा. भीमराव अम्बेडकरबीच धेरै भिन्नताहरू छन्, किनभने उनीहरू फरक काल, भूगोल, पृष्ठभूमि र योगदानका प्रतीक हुन्। यहाँ मुख्य भिन्नताहरू:

    १. काल र समय

    राजा सलहेश: १२औं–१३औं शताब्दीको मिथिला क्षेत्रका एक ऐतिहासिक/पौराणिक राजा मानिन्छन्।

    डा. भीमराव अम्बेडकर: २०औं शताब्दीका भारतीय संविधान निर्माता, समाज सुधारक र दलित अधिकारका अगुवा थिए।

    २. भूमिका र योगदान

    राजा सलहेश: मिथिलाञ्चल (विशेषतः सिरहा-सप्तरी क्षेत्र) मा जननायक, न्यायप्रिय राजा, र समाजमा समानता ल्याउने पात्रका रूपमा सम्मानित छन्।

    अम्बेडकर: भारतीय संविधानका निर्माता, छुवाछुत विरुद्ध लड्ने नेता, शिक्षावादी, र दलित अधिकारका लागि आजीवन संघर्ष गर्ने व्यक्ति थिए।

    ३. धर्म र संस्कृति

    राजा सलहेश: स्थानिय संस्कृति, लोककथा र परम्परामा आधारित, मुख्यतः हिंदू धर्म-संस्कृतिसँग सम्बन्धित पात्र हुन्।

    अम्बेडकर: जन्मले हिन्दू भए पनि पछि बौद्ध धर्म अंगीकार गरेका थिए। उनले दलित emancipation को लागि धर्म परिवर्तनलाई माध्यम बनाए।

    ४. स्मरण र पूजाः

    राजा सलहेश: विशेषगरी तराई-मधेस क्षेत्रमा लोकदेवता जस्तै मानिन्छ, मेला लाग्ने, मूर्ति बनाइने चलन छ।

    अम्बेडकर: भारतभरि सरकारी तथा सामाजिक रूपमा सम्मान गरिन्छ, जयन्ती मनाइन्छ, बौद्ध अनुयायीहरूले पूजनीय मान्छन्।

    ५. इतिहास र तथ्यता

    राजा सलहेश: ऐतिहासिकता केही हदसम्म लोककथामा आधारित छ, ठोस ऐतिहासिक प्रमाणहरू सीमित छन्।

    अम्बेडकर: प्रामाणिक ऐतिहासिक दस्तावेज, लेख, भाषण र योगदानसहित आधुनिक भारतका एक प्रमुख चिन्तक हुन्।

    यदि तिमी चाहन्छौ भने, म दुवैको योगदान विस्तृत रूपमा पनि तुलना गरेर दिन सक्छु। कुन दृष्टिकोणबाट चाहिएको हो—सामाजिक, ऐतिहासिक, धार्मिक, वा शिक्षा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट