महोत्तरीमा पोखरीमा डुवेर सप्तरीका एकसहित २ बालकको मृत्यु

राजविराज– महोत्तरीमा पोखरीमा डुवेर सप्तरीका एकसहित २ बालकको मृत्यु भएको छ।

महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रम्हस्थान नजिकै रहेको महादेव मन्दिरको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो।

प्रहरीका अनुसार पोखरीमा डुवेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ निवासी रूपेश सिंहका छोरा ९ वर्षीय आदित्यकुमार सिंह (आयुष) र स्थानीय विकेश सिंहका छोरा १० वर्षीय शुभमकुमार सिंहको मृत्यु भएको हो। आयुषकुमार ब्रम्हस्थानस्थित मामाको घर गएका थिए।

स्थानीयका अनुसार उनीहरु पोखरीमा नुहाउन गएका थिए। अवेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा पोखरीको डिलमा दुवै जनाको कपडा र चप्पल राखिएको तथा दुवैको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो।

यो पोखरीमा डुवेर केही महिना अगाडि एक वृद्धको पनि डुबेर मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट