सप्तरीमा १३८ केजी गाँजासहित २ वटा अटो र उदयपुरका दाहाल पक्राउ

राजविराज– सप्तरीमा प्रहरीले विभिन्न २ स्थानबाट १३८ केजी गाँजासहित २ वटा अटो र १ जना मानिस पक्राउ गरेको छ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–२ बरमझियाबाट ८० केजी गाँजा बोकेको स १ ह १७१६ नम्बरको अटो प्रहरीले नियन्त्रणमा लिएको छ।
अटोमा ३ वटा बोरा, एउटा सुटकेस र एउटा झोलामा गरी ८० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सञ्चनपुरले जनाएको छ। अटो चालक फरार भएका छन्।
यसैगरी, तिरहुत गाँउपालिका–२, बडहराबाट ५८ केजी गाँजा बोकेको प्र १–०२–००३ ह २९३४ नम्बरको अटो प्रहरीले नियन्त्रणमा लिएको छ। अटो चालक उदयपुरको बेलका नगरपालिका–३, मोरङेटोलका ४१ वर्षीय जयराम दाहाल पनि पक्राउ परेका छन्।
दुवैलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको सप्तरीका डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
प्रतिक्रिया