धनकुटामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जनाको अवस्था गम्भिर (मृतक र घाईतेको नामसहित)

विराटनगर– धनकुटामा सोमबार दिउँसो भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा परेर घाईते भएका ११ जना मध्ये २ जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा बस चालक सुनसरीको धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई (भुजेल) को मृत्यु भएको हो।

प्रहरीका अनुसार राईको घटनास्थलमै तथा तामाङ र श्रेष्ठको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा धरान उपमहानगरपालिका– १३ का ११ वर्षीय अनमोल तामाङ, बराहक्षेत्र नगरपालिका– २ का ४८ वर्षीय कृष्ण राउत र इटहरी उपमहानगरपालिका– ४ का १७ वर्षीय आयुष राई घाईते छन्।

यसैगरी, भोजपुरको षडानन्द नगरपालिका– १३ का २० वर्षीय सुर्यमणी तामाङ, पौवादुम्मा–३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा, भोजपुर नगरपालिका– ११ की २४ वर्षीया सविना बराईली र भोजपुर–११ की ६० वर्षीया देवी विक घाईते भएको प्रहरीले जनाएको छ।

यस्तै, धनकुटाको साँगुरीगढी गापा– ६ का ६० वर्षीय हंशबहादुर राई र ६० वर्षीया दिर्घमायाँ राई, धनकुटा नगरपालिक–६ का ३४ वर्षीय धनकुमार विक र भोजपुरको षडानन्दा नपा– ११ बस्ने ५१ वर्षीया पूर्णमाया तामाङ घाईते रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो धरानबाट भोजपुर जाँदै गरेको को१ख २१७७ नम्बरको बस कोशी राजमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा दुर्घटना भएको थियो। बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट