उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

गाईघाट– उदयपुरको कटारीमा चट्याङले लागेर १३ वर्षीय बालकको मृत्यु भएको छ। चट्याङ लागेर कटारी नगरपालिका–८, फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो।

वडाध्यक्ष नवीन तामाङका अनुसार सोमबार दिउँसो बाख्रा चराउन गएका चित्रलाई चट्याङ लागेको थियो। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको वडाध्यक्ष तामाङको भनाई छ।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट