बाथरुममा लडेका प्रचण्डको टाउकोमा टाँका, मेडिसिटीमा उपचार गराएर निवास फिर्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन्। उनी गएराति बाथरुममा लडेर घाइते भएका हुन्।

स्रोतका अनुसार उनको टाउकोमा चोट लागेका कारण टाँका लगाउनुपरेको छ। राति लडेपछि उनलाई उपचारका लागि करिव १२ बजे मेडिसिटी अस्पताल लगिएको थियो। उपचारपछि उनी निवासमा फर्किएका छन्।

उनी अहिले घरमै आराम गरिरहेका छन्। नेताहरु उनलाई भेट्न निवास पुग्ने क्रम जारी छ।

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँछु,’ छोरी गंगाले फेसबुकमा लेखेकी छन्–‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट