पञ्जावमा विषाक्त रक्सी खाएर १६ जनाको मृत्यु, ६ जना गम्भिर

काठमाडौँ– भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त रक्सी खाँदा १४ जनाको मृत्यु भएको छ। गम्भिर अवस्थाका ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
पञ्जाब प्रहरीका अनुसार अमृतसरको मजीठा जिल्लामा यो घटना भएको हो। गएराति करिब पौने १० बजे प्रहरीलार्य यस वारेमा जानकारी भएको थियो। अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट मानिसहरुको मृत्यु भएको खबर आएपछि पुगेको प्रहरी रक्सी सप्लायर परबजीत सिंहसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यो घटना पाँचवटा गाउँमा भएको छ। पञ्जाब सरकारले नक्कली रक्सी सप्लायरविरुद्ध कडा कारबाहीको निर्देशन दिइएको छ। अमृतसरका डिप्टी कमिश्नर साक्षी एसले मेडिकल टिम पाँच गाउँका घर घरमा गएर परीक्षणा गरिरहेको बताए।
प्रतिक्रिया