सप्तरीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ७ वर्षीय बालक घाईते

राजविराज — सप्तरीमा शनिबार विहान चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलबास्थित कोशी नदीको बगरमा चट्याङ पर्दा भारतीय बालिकाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारतको उत्तर प्रदेश सामली जिल्लाको केरना पञ्चायत बस्ने जाहिद खानकी ७ वर्षीया छोरी जैनब खातुनको मृत्यु भएको हो।
उनको परिवार बगरमा खरभुजा खेती गर्न अस्थायी टहरा बनाई नेपालमै वस्दै आएको थियो। विहान वर्षासँगै टहरा छेउमा परेको चट्याङले बालिका वेहोस भएकी थिईन। उपचारका लागि राजविराज ल्याउने क्रममा उनको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
सोही ठाउँमा बस्दै आएका केरना पञ्चायतकै गुलु खानका ७ वर्षीय छोरा जुविर पनि चट्याङको आवाजले आत्तिएर भाग्न खोज्दा घाइते भएका छन्। उनको राजविराजमा उपचार भइरहेको
प्रतिक्रिया