कैलालीमा महिलाले सडकमै जन्माईन बच्चा, विवाहित वा अविवाहित खुलेन

काठमाडौँ– कैलालीमा एक महिलाले सडकमै बच्चा जन्माएकी छिन्। अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन वा अविवाहित हुन भन्ने यकिन भएको छैन।
गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेर एक व्यक्तिको आँगनमा पुर्याएको थियो। उनले आँगनमैै बच्चा जन्माएको प्रहरी जवान चन्द्रिका देउवाले वताईन।
खैराना प्रहरी चौकीमा कार्यरत चन्द्रिकाले नै ती महिलालाई सुत्केरी हुनमा सहयोग गरेकी हुन। ‘एक महिलाले अस्वभाविक व्यवहार देखाएको’ भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि देउवा चैतन्यपुर पुगेकी थिइन।
सोधखोज गर्दा सुत्केरी व्यथाले छट्पटाएको थाहा पाएको उनले वताईन। उनका अनुसार घट्ना आज विहान करिव ९ बजेको हो। प्रहरीले महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको छ। उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने गरेको खुलेको छ।
घर, ठेगाना केही खुलेको छैन। उनी मानसिक रुपमा पनि स्वस्थ नदेखिएको प्रहरीले जनाएको छ।