जलाउन ठिक्क पारेको ६ वर्षीया बालिकाको शव प्रहरीद्वारा नियन्त्रण, बुबा र काकी पक्राउ

विराटनगर– संखुवासभामा दाहसंस्कार लागि ठिक्क पारेको ६ वर्षीया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएर बुबा, काका र कार्कीलाई पक्राउ गरेको हो।

भोट खोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले विहिबार नियन्त्रणमा लिएको हो। उनको शव दाहसंस्कारका लागि ठिक्क पारिएको थियो।

त्यसै बेला परेगको प्रहरीले शव नियन्त्रणमा लिएर उनका बुवा गोपाल, काका र काकी कल्पनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार गते ३० वैशाखमा बालिकाका बुवा गोपाल र काकी कल्पनाका बीचमा झगडा हुँदा युनिका घाइते भएकी थिइन्। दुई जनाको घरायसी झगडाकै क्रममा उनी डिलबाट खसेर घाईते भएको जनाईएको छ।

घाइते युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा ७ जेठमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव घर लगेर अन्तिम संस्कार गर्ने तयारी गरिरहेका बेला बालिकाको हत्या भएको हल्ला चलेपछि प्रहरी पुगेको थियो। झगडाका क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ।

यस विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली गोपाल तामाङको घरमा पुगेको थियो। प्रहरीले शव बिहीबार नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट