काभ्रे बस दुर्घटना : एक महिलाको मृत्यु, बुहारी र नातिनीसहित तीन घाइते

काठमाडौँ— काभ्रेको बेथानचोक गाउँपालिका–६, भुग्देउमा बुधबार साँझ बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनकी वुहारी र नातिनीसहित तीन जना घाइते छन।

पनौतीबाट भुग्देउतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस साँझ करिव ५ बजे दर्केखोलानजिकै सडकबाट करिब ५० मिटर तल खसेको हो।

बेथानचोक–६ का वडाध्यक्ष विष्णु लामाका अनुसार ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो। उनी आफ्नी नातिनी र बुहारीसँग बसमा सवार थिइन।

दुर्घटनामा परेर तिमल्सिनाकी एक वर्षीया नातिनी संगम र बुहारी संगीता आचार्य तिमल्सिना घाइते भएका छन। संगमको टाउकोमा र संगीताको खुट्टामा चोट लागेको छ।

यस्तै, बसका चालक पनि घाइते भएका छन। घाइतेहरूको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

दुर्घटनाका बेला बसमा चालकसहित सात जना सवार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट