सर्लाहीमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जनकपुर– सर्लाहीको बागमती नगरपालिका–११ बागमती पुलमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति करिब साढे ९ बजे दुर्घटना भएको दुर्घटनामा २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो।
प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनरले विपरीत दिशातर्फबाट जाँदै गरेको प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका योन्जनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले कन्टेनर चालक ३८ वर्षीय ओमबहादुर लामालाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया