सुनसरीमा खसी चोर्न जाँदा धरधनीको खुकुरी प्रहारबाट एक जनाको मृत्यु

इटहरी– सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरी गर्ने प्रयासमा एक युवकको ज्यान गएको छ। सोमबार बिहान करिब साढे २ बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न गएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी खुकुरी प्रहारबाट मृत्यु भएको हो।

घरधनी सन्तोष चौधरीले खसी चोरीको प्रयास भइरहेको थाहा पाएपछि होहल्ला गरेका थिए। होहल्ला सुनेपछि चोरीमा संलग्न राकेश चौधरी भागे पनि उनलाई खेद्दै जाँदा सन्तोषले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट राकेशको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।

घाइते अवस्थामा राकेशलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पु¥याइएको थियो। थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो तर बिहान सवा ५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने घरधनी सन्तोष चौधरीलाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट