सुनसरी–मोरङ सिँचाइ नहरनजिक सडेको अवस्थामा महिलाको शव फेला

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउको झाडीमा शनिबार एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ।

प्रहरीका अनुसार शव अपरान्ह ४ बजेतिर स्थानीयले दुर्गन्धको स्रोत पत्ता लगाउने क्रममा देखेका थिए। घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमरिया अनुसन्धान टोलीसहित घटनास्थलमा पुगेका थिए।

‘शव सडिसकेको छ, अनुहारसहित शरीरका विभिन्न भागहरूमा किरा लागेको अवस्थामा फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले भनिन्–‘लगाएको कपडाको आधारमा महिला भएको अनुमान गरिएको हो, तर पहिचान गर्ने अवस्था छैन।’

शव भेटिएको वरपर दुर्गन्ध फैलिएको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट