उदयपुरमा अस्पताल हिँडेकी गर्भवती महिलाको बाटोमै मृत्यु

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनकी ३० वर्षीया तारा गिरीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि लैजाँदै गर्दा उनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गिरीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनीसँग घरमा आठ वर्षीय छोरा मात्रै थिए। छिमेकीहरूका अनुसार अस्पताल लैजान ढिलो भएकाले गिरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।
प्रतिक्रिया