रक्सीको नसामा तेजाब सेवन गरी घाइते भएका धरानका एक पुरुषको उपचारका क्रममा मृत्यु

इटहरी— रक्सीको नसामा धुत भएका बेला धारा सफा गर्न राखेको तेजाब सेवन गरी गर्दा सुनसरीको धरानमा एक ब्यक्तिको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।

सुनसरी प्रहरीका डीएसपी योगराज खतिवडाका अनुसार, गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेका विकले घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए।

तेजाब सेवन लगत्तै विकको अवस्था गम्भीर बनेपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम सारिएको थियो।

लगातार उपचारको दुई सातापछि आइतबार राति करिब १० बजे विकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट