उदयपुरमा श्रीमान विदेश गएको मौका पारी २ बच्चाकी आमालाई बलात्कार गरेको आरोपमा सरकारी शिक्षक पक्राउ

बेल्टार (उदयपुर) — उदयपुरमा २ बच्चाका आमालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–९ हडियाका ४८ वर्षीय गजेन्द्र गिरीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो।
उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालय हडियाका शिक्षक हुन। गिरीमाथि स्थानीय विष्ट थरकी एक महिला (२ सन्तानकी आमा) लाई बलात्कार गरेको आरोप लागेको छ। पीडित महिलाका श्रीमान् दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन्।
पीडित महिलाले गिरीले धाकधम्की दिँदै डर त्रास देखाएर असार १७ गते चौदण्डीगढी नगरपालिका अन्तर्गत बेल्टार बजारस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लगाएकी छिन्। घटनापछि साउन १० गते इलाका प्रहरी कार्यालय बेल्टारमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत उदयपुरमा उपस्थित गराएको छ। अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर बविन राईले जानकारी दिए।
यसबीच केही स्थानीयले घटनालाई आपसी सहमतिमा भएको सम्बन्धका रूपमा व्याख्या गर्दै पछि विवाद भएपछि उजुरी दर्ता गराइएको दाबी गरेका छन्। तर, इन्स्पेक्टर राईका अनुसार सहमति थियो वा जबर्जस्ती भन्ने विषयमा हाल अनुसन्धान भइरहेको छ।
राईका अनुसार, गिरीले पीडित महिलालाई मात्र नभई उनका वहिनीसम्मलाई पनि हप्क्याउने, धम्क्याउने र मानसिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
शिक्षाको ज्ञान दिने गुरुले येस्तो कुकर्म गर्यो या गरेन अनुसन्धानले बताउ छ तर तर सामाचारको अनुसार शिक्षक र सम्बन्ध महिलाको सम्बन्ध रहेको देखिन्छ किन कि एउटा सभ्य नारी पर पुरुष सङ होटेलमा जादैन तर या होटेलमा ब्लत्कार गरेको खुलाइएको छ ।प्रष्ट के बुझिन्छ कि सम्बन्ध सहमतिमा भएको तर केही कुरामा समझदारी नहुदा घटना बाहिरीएको हो ।