राजेश अहिराजबाट बलात्कृत किशोरीको बयानः संवेदनशील अंगबाट रगत बगिरहेको थियो, विन्ती गरें, छोडेनन्

राजधानी– मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कारको आरोपमा मुद्दा दायर गरिएको छ। एक युवतीले दिएको उजुरीका आधारमा उनलाई ४ साउनमा पक्राउ गरिएको थियो। त्यसको ९ दिन बित्न नपाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरी अनुसन्धानको प्रतिवेदनको आधारमा अहिराजविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ खण्ड (ङ) अनुसार मुद्दा दायर गरेको हो। उक्त खण्डअनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ।

पीडित युवतीका अनुसार, घटना ४ जेठ ०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित उनको डेरामा भएको हो। विराटनगरकी ती युवती अध्ययनका लागि काठमाडौँ आएकी थिइन्। उनका अनुसार, पहिले नै पारिवारिक चिनजानमा रहेका अहिराजले ‘जरुरी कुरा गर्नु छ’ भन्दै एक दिन कोठामा आएर बलात्कार गरेका थिए।

पीडितले दिएको बयान अनुसार, अहिराजले ‘तिमी किन डराउँछ्यौ, म त तिम्रो परिवारको चिनजानको मान्छे हुँ’ भन्दै भरोसा दिलाएका थिए। तर, उनले कोठाको चुकुल लगाएर मुख थुनेर जबर्जस्ती बलात्कार गरेको पीडितको आरोप छ।

‘म कराउँदै थिएँ, तर उनले भने– चिच्याइस् भने करणी गरेर मारिदिन्छु। मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो। पटक–पटक विन्ती गर्दा पनि छाडेनन्। उल्टै धम्की दिन थाले– तेरो बेइज्जत हुन्छ, म छोरा मान्छे, मलाई केही हुँदैन।’– पीडितले बयानमा भनेकी छिन्।

उनले भनेकी छिन्–‘कसैलाई भनिस् भने तँ र तेरो भाइलाई अपहरण गरेर मारिदिन्छु भने। पैसा र पावर हुनेहरूको मात्र कानुन हुन्छ भन्दै धम्क्याए।’

यता, प्रहरीले सामान्य अभद्र व्यवहारको मामिलामा समेत अरुलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने गरेको छ। तर, अहिराजविरुद्धको मुद्दा भने ९ दिनमै अदालतमा टेकेको हो। यसले अनुसन्धानको प्रभावकारिता, निष्पक्षता र सम्भावित दबाबबारे पनि प्रश्न उठाएको कानुन व्यवसायीहरू बताउँछन्।

अहिराज अहिले पनि प्रहरी हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट