रौतहटको बनाना रिसोर्टमा भीषण आगलागी, ४० लाखको क्षति

जनकपुर— रौतहटको ईशनाथ नगरपालिका–२ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान भीषण आगलागी भएको छ। विहान करिब पौने ४ बजे भएको आगलागीमा रिसोर्टभित्र रहेका सबै सरसामान जलेर नष्ट भएका छन्।
रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। रिसोर्ट निर्माणमा नेपाल सरकार र श्री जौहरीमाई कृषी तथा सहकारी संस्था सञ्चालक राकेस गुप्ताको संयुक्त लगानी रहेको थियो।
आगलागीबाट रिसोर्टमा प्रयोग हुने कृषिजन्य मेसिन, खाद्यान्न, फर्निचर, फ्रिजलगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा र नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको छ।
आगलागीको कारण खुलिसकेको छैन।
प्रतिक्रिया