घरमा सुन लुकाएर चोरीको निवेदन दिने देवर–भाउजू पक्राउ

राजधानी– स्याङ्जामा आफ्नै घरको कम्पाउण्डमा सुन लुकाएर चोरी भएको भन्दै प्रहरीमा झुठो उजुरी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आँधिखोला गाउँपालिका–१ की ४१ वर्षीया चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ छन्।

साउन १२ गते राति घरबाट ७ तोला ५ आना सुनका गरगहना र ४ हजार रुपैयाँ नगद चोरी भएको भन्दै चन्द्रकुमारीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। निवेदनपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार चन्द्रकुमारीले विदेशमा रहेका श्रीमानलाई पनि चोरीको जानकारी गराएकी थिइन्। तर अनुसन्धानको क्रममा चोरी नभई सुन आफैंले देवरसँग मिलेर लुकाएको पुष्टि भएपछि प्रहरी टोलीले घरको कम्पाउण्डबाटै सुन फेला पार्‍यो।

डिएसपी प्रसन्नराज चौधरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर झुठो उजुरी, प्रमाण नष्ट गर्ने प्रयास र नियोजित षड्यन्त्रअन्तर्गत थप अनुसन्धान थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट