झापाको गौरादहमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दमक— झापाको गौरादह नगरपालिकामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। गौरादह नगरपालिका जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मंगलबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चन्द्रमाया घरदेखि करिब १० मिटर पूर्व–उत्तरतर्फ रहेको खेतमा मोटर प्रयोग गरेर पानी लगाइरहेकी थिइन्। सोही क्रममा करेन्ट लाग्दा उनी अचेत भई लडेकी थिइन्।

उनी लडिरहेको अवस्था उनका छोरा सुशिल नेम्वाङले देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको छ। प्रारम्भिक अनुमानअनुसार विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट