उदयपुरको आम्वासीका युवक ९ किलो गाँजासहित पक्राउ

गाईघाट— उदयपुरको बेलका नगरपालिका–१ आमबासीमा ९ किलोग्राम अवैध लागू औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
बेलका नगरपालिका–३ मोरङ्गे टोलका करिव ३५ वर्षीय शुनिल श्रेष्ठलाई प्रहरीले बुधबार दिउँसो साढे १ बजे पक्राउ गरको हो। सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका उनी सवार प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा झोलामा गाँजा फेला परेको थियो।
श्रेष्ठलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रतिक्रिया