तिजको नाच हेर्न गएको किशोरीको समुहमाथि आक्रमण गरी घाईते बालिकामाथि बलात्कार, २ जना पक्राउ

राजधानी– दैलेखमा तिजको नाचगान हेर्न गएका किशोरीहरुको समुहमाथि आक्रमण गरी लेखेटेर एक्लै परेकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
घट्ना चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति भएको हो। अपराधमा संलग्न भएको आरोपमा चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ४÷५ जना किशोरीहरुको समुह तिजको नाच हेर्न छिमेकी गाउँमा गएका थिए। शाही र भण्डारीले उनीहरुलाई सोही क्रममा निगरानी गरेका थिए। नाच हेरेर फर्किँदै गर्दा उनीहरुले किशोरीहरुको पिछा गरे। उनीहरु पछि लागेको थाहा पाएपछि किशोरीहरु भाग्न थाले। त्यसपछि शाही र भण्डारीले उनीहरुमाथि ढुङ्गा प्रहार गरे।
ढुङ्गा लागेर १२ वर्षीया बालिका घाईते भईन र बाटोमै लडिन। अन्य किशोरीहरु भाग्न सफल भए। त्यसपछि बालिकालाई दुवै जनाले पालैपालो बलात्कार गरेको प्रहरी अनुशन्धानमा खुलेको छ। घट्नास्थलबाट भागेका किशोरीले घर परिवारलाई जानकारी दिएपछि अभिभावकहरू पुगेका थिए।
बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेका थिए। पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बरालले जानकारी दिए बताए।
बालिकालाई घटनालगतै उपचारका लागि अस्पताल पु¥याइएको थियो। उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दैलेख प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।