सम्झना भट्ट मृत्यु प्रकरणः ‘पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिने आमाजू पक्राउ

राजधानी — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा प्रहरीले आमाजू (पतिकी दिदी) पूजा भट्टलाई पक्राउ गरेको छ। यसअघि श्रीमान पवन, ससुरा हरिदत्त र सासू किरण पक्राउ परेका छन्।

मृतकका माइती पक्षले बुझाएको अडीओ प्रमाणका आधारमा प्रहरीले पूजाई पक्राउ गरेको हो। गत आइतबार बेलुका सम्झना आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। माइती पक्षको किटानी जाहेरीमा घटनाको मुख्य योजनाकार पूजा भट्ट रहेको आरोप छ।

मृतकका परिवारले पूजालाई पक्राउ नगरेसम्म शव नउठाउने अडान लिएका थिए। शुक्रबार पूजा पक्राउ भएपछि मात्र सम्झनाको शव महाकाली प्रादेशिक अस्पतालबाट अन्त्येष्टि गरिएको हो।

अडीओमा पूजाले आफ्ना भाइ पवनलाई, ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिएको पाइएको प्रहरीले जनाएको छ। अडीओको प्राविधिक परीक्षणसहित छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

डिएसपी सागर बोहोराका अनुसार पूजामाथि आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

सम्झना र पवनले लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह गरेका थिए। माइती पक्षका अनुसार दाइजोको बहानामा सम्झनालाई निरन्तर शारीरिक र मानसिक यातना दिइँदै आएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट