उदयपुरमा ७ वर्षीय बालिकामाथि बलात्कार, एक व्यक्ति पक्राउ

गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवाटारमा ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्।

स्थानीय ४५ वर्षीय शुभराज राईलाई प्रहरीले पक्राउ गरेको हो। राईमाथि डेराभाडामा बस्ने बालिकामाथि गत साउन १४ गते राति करिब १० बजे बलात्कार गरेको आरोप लागेको छ।

घटनापछि फरार रहेका राईलाई प्रहरीले खोजतलास गर्ने क्रममा साउन २५ गते उनको घरबाटै पक्राउ गरेको हो।

प्रहरीले राईलाई उदयपुर जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट