उदयपुरमा बिषालु जंगली च्याउ खाँदा एउटै परिवारका ८ जना विरामी, तीनको अवस्था गम्भीर

बेल्टार (उदयपुर) — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा बिषालु जंगली च्याउ खाँदा एउटै परिवारका आठजना विरामी परेका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार विरामी हुनेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा छन्।

वडा नम्बर ९ का अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका प्रवक्ता प्रकाश राउतका अनुसार गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ। उनीहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी भइरहेको छ।

बाँकी पाँचजनाको उपचार नगर अस्पताल बेल्टारमै भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट