सप्तरीमा पत्रकारमाथि आक्रमण गर्ने दुई जना अझै फरार

राजविराज– सप्तरीका पत्रकार सौरभ यादवमाथि भएको सांघातिक आक्रमण संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुशन्धान गरिरहेको छ।

राजविराज–१ का राजु यादव पक्राउ परेका छन्। सप्तरी जिल्ला अदालतले घट्नाको अनुशन्धान गर्न यादवलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर प्रमोद कुमार साहका अनुसार, अदालतबाट बुधबार म्याद लिईएको हो। यसअघि आइतवार पनि पाँच दिन म्याद लिईएको थियो।

घटनामा संलग्न भएको आरोप लागेका छिन्नमस्ता गाउँपालिका–१ का कृष्णनाथ यादव (क्याप्टेन) र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा भने अझै फरार छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन।

सौरभ यादवमाथि शुक्रबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि तीन जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणकारीले चाकु, बेल्ट र हेलमेट प्रयोग गरेका थिए।

आक्रमणमा यादव घाइते भएका थिए र उनको हात तथा टाउकोमा चोट लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट