बन्द सुटकेसभित्र मृत फेला परिन रुबिकुमारी, सल र डोरीले बाँधेर कस्ले फाल्यो सडक किनारमा ?

जनकपुर– रौतहटको गौरमा शनिबार राति सडक किनारमा एक महिलाको शव फेला फेला परेको छ। माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुबिकुमारी साहको शव बन्द सुडकेशभित्र फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक रुबिकुमारी साहको स्थायी घर भारतको मुजफ्फरपुर हो। तर, उनी पछिल्लो एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएको खुलेको छ। रुबिकुमारीकी एक सानो छोरा पनि छन्। प्रहरीको प्रारम्भिक आशंका अनुसार उनको हत्या गरेर शव सुटकेसभित्र राखी सडकमा फालिएको हुन सक्छ।

शनिबार राति करिब साढे १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडकमा एक सुटकेस फेला परेको थियो। शंकास्पद देखिएपछि प्रहरी घटनास्थलमै खटिए पनि राति त्यसलाई खोलेन। आइतबार बिहान सुटकेस खोल्दा भित्र सल र डोरीले घाँटी बेरेर मारिएको अवस्थामा रुबिकुमारीको शव भेटिएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तहरू आएर सनाखत गरिसकेका छन्। प्रहरीले सडक किनारमा ल्याएर राखिएको सुटकेस कसले ल्यायो भन्ने पत्ता लगाउन रातिको सीसीटीभी फुटेज अध्ययन गरिरहेको छ। स्थानीयवासी र प्रहरी दुवैका अनुसार यो घटना योजनाबद्ध हत्या हुन सक्ने सम्भावना प्रबल देखिएको छ।

यसअघि रुबिकुमारीले विभिन्न कारणले समस्यामा परेको र अलग्गै डेरा गरी बसिरहेको पृष्ठभूमि भएकाले घटनालाई गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि अस्पतालमा पठाएको र हत्या, शंकास्पद सम्बन्ध र घटनास्थलमा सुटकेस पु¥याउने व्यक्तिको खोजी तीव्र पारिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट