उदयपुरमा आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ

रामपुर (उदयपुर)— बेलका नगरपालिका–२ कञ्चनजंघा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयकी १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार, प्रधानध्यापक श्रेष्ठले दुई दिनअघि विद्यालय समयमै छात्रालाई आफ्नोै कार्यालय कोठामा बोलाएर बलात्कार गरेको पाइएको छ। छात्राकी भाउजूले घट्नाको विवरण उल्लेख गर्दै जाहेरी दिएकी छिन्।
आइतबार साझ प्रहरीमा जाहेरी परेपछि प्रधानध्यापक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका श्रेष्ठ अहिले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा छन्।
प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै, कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने जनाएको छ।
प्रतिक्रिया