सुनसरीमा इन्टरनेट चलाउन छिमेकी घरमा गएकी किशोरीमाथि बलात्कारः आरोपी २ वर्षदेखि फरार, प्रहरीले दर्ता गर्यो मुद्दा

इटहरी– छिमेकीको घरमा इन्टरनेट चलाउन गएकी १७ वर्षीया किशोरीमाथि भएको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्दा दर्ता गरेको छ। तर घटना भएको दुई वर्ष बित्दा पनि आरोपी पक्राउ परेका छैनन्।
बलात्कार आरोपमा बर्जु गाउँपालिका–५ का ३९ वर्षीय चितनारायण ‘सितला’ चौधरीविरूद्ध भदौ १५ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनका अनुसार, चौधरी फरार छन्। कानुनी प्रक्रिया अघि बढाइसकिएको छ। मुद्दा दर्ताको हद म्याद सकिन लागेकाले प्रतिवादी पक्राउ नपरे पनि मुद्दा दर्ता गरिएको उनको भनाई छ।
मुद्दा दर्ता भएपछि प्रतिवादी उपस्थित नभए पनि फैसला हुने व्यवस्था छ। जहाँ भेटिए पनि पक्राउ गरेर कारबाही गरिने उनले जानकारी दिए।
घटना २०८० भदौ १७ गते भएको थियो। घटनास्थलमा रहेकी किशोरी सिन्धुलीकी हुन् र आमाको निधनपछि मामाघर बस्दै आएकी थिइन्। छिमेकी राजवतीदेवी चौधरी नाता पर्ने भएकाले आरोपी चितनारायण उक्त घरमा आइरहन्थे र किशोरीसँग चिनजान थियो। उनले भिनाजु भनेर बोलाउने गर्थिन्।
घट्ना भएको दिन छिमेकीको वरण्डामा वसेर उनी मोबाइल चलाइरहेकी थिइन्। किशोरीले दिएको बयानअनुसार, मोबाइल चलाइरहेको बेलामा घर भित्रबाट निस्किएका चौधरीले अचानक हात समाएर भित्र ताने। किसोरीले प्रतिवाद गरिन। रोई कराई गरिन। तर चौधरीले घिसार्दै खाटमा पु¥याएर कपडा खोल्न थोले। हल्ला गरे मारिदिन्छु भन्दै धम्की दिए। त्यसपछि बलात्कार गरेर छोडेर हिडे।
किशोरीले डरका कारण घटनाबारे तत्काल कसैलाई बताइनन्। भोलिपल्ट १८ गते स्वास्थ्य जाँचको लागि अस्पताल जान समेत मानेकी थिइनन्। अन्ततः मामा–माइजुसहित प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी दिएका थिए।
छिमेकी र इन्टरनेट राख्ने घरधनीले पनि आरोपीविरुद्ध कारबाही गर्न माग गरेका छन्। घटना भएको दिन घरधनी खेतमा काममा गएका थिए र घटना भएको कुरा राति मात्रै सार्वजनिक भएको थियो।
शारीरिक परीक्षण र बयानअनुसार, किशोरीमाथि बलात्कार भएको प्रमाण भेटिएको प्रहरीले पुष्टि गरेको छ। जन्मदर्ता अनुसार किशोरीको उमेर १८ वर्ष ८ महिना थियो। त्यसैले, आरोपीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ७–१० वर्षसम्म कैद र क्षतिपूर्तिको माग गरिएको छ।
प्रतिवादी फरार भएकाले मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को दफा ९६ (१) अनुसार कारबाही अघि बढाइएको छ। लामो समयसम्म कानुनी प्रक्रिया पूरा गर्न नसकेमा दफा १२९ बमोजिम बन्द इजलासमा किनारा गरी सुनुवाइ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
एसपी तिमल्सिनाले भने, ‘घटना भएको लामो समय बितिसक्दा पनि कानुनी प्रक्रिया ढिला गर्नु हुँदैन। प्रतिवादी पत्ता लाग्ने बित्तिकै पक्राउ गरी न्यायको ढोका खुला राखिनेछ।’