विराटनगरमा पनि मानव कंकाल, भाटभटेनीमा डढेर मर्नेको संख्या ११ पुग्यो

विराटनगर — जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा पनि सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ।

मोरङका एसपी नारायणप्रसाद चिमरियाले जलेका हड्डी भेटिएको पुष्टि गरे। उनका अनुसार कंकाल पूर्ण रूपमा शरीरको आकारमा नभएर टुक्राटाक्री हड्डीको रूपमा भेटिएको हो। गत भदौ २४ गते जेनजी आन्दोलनकारीका नाममा अराजक समूहले भाटभटेनीमा आगजनी गरी सम्पूर्ण संरचना ध्वस्त पारेका थिए।

त्यसपछि जलेर खरानी बनेको ठाउँमा सरसफाइ गर्दा दोस्रो तलामा कर्मचारीले हड्डी फेला पारेका हुन्। प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीका बेला तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमध्ये कोही जलेर मृत्यु भएको हुन सक्छ। मृतकको पहिचान भएको छैन।

यसअघि धरानको भाटभटेनीमा पनि आगलागीपश्चात ४ जनाको शव फेला परेको थियो भने काठमाडौंको चुचेपाटीस्थित भाटभटेनीमा पनि ६ जनाको शव फेला परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट