लोकसेवा अफिसमा तोडफोड गरी प्रहरीको २ थान हतियार लुटेर हिडेका २ जना पक्राउ

जनकपुर– मधेश प्रदेशको लोकसेवा आयोग कार्यालयमा आगो लगाउने मध्येका २ युवालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ परेका हुन।

उनीहरुमाथि जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोप पनि छ। २४ भदौको बेलुका ५०÷६० जनाको समूहले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो। त्यस क्रममा ४ वटा चारपाङ्ग्रे गाडी, ४ वटा मोटरसाइकल, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड भएको थियो।

यतिमात्रै होईन, त्यो समुहले सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट गरेको थियो। भएको थियो। हतियार उनीहरुको साथबाट बरामद भएको छ।

धनुषा प्रहरीका डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजका आधारमा हतियार लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो। यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए।

आन्दोलनका क्रममा प्रहरीको दुईवटा हतियार लुटेको थियो, जुन बरामद भइसकेको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट