सप्तरीमा मोटरसाइकल दुर्घटना, ३० वर्षीय युवकको मृत्यु

राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित जिनिस अस्पताल नजिक आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परेर सुरुङ्गा नगरपालिका– ९ परमानपुरका ३० वर्षीय अनिलकुमार चौधरीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार, पूर्व–पश्चिम राजमार्ग हुँदै कुशहाबाट कदमाहातर्फ जाँदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार १८ वर्षीय राधेश्याम चौधरी पनि घाइते भएका छन्। उनलाई पनि जिनिस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट