जेन–जी आन्दोलनका क्रममा भागेका टोपबहादुर रायमाझी कारागारबाट फर्किए

काठमाडौँ– नक्कली भुटानी शरणार्थी काण्डका प्रमुख अभियुक्त टोपबहादुर रायमाझी फेरि एकपटक समाचारको केन्द्रमा छन्। जेन–जी आन्दोलनकै भीडभाड र अराजक परिस्थितिमा सुन्धारा कारागारबाट २४ भदौमा निस्किएका रायमाझी दुई सातापछि पुनः कारागार फर्किएका छन्।

पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्व सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोपमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा थिए। उनीसँगै तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि सुन्धाराबाट निस्केका थिए, तर पाण्डे अहिलेसम्म फिर्ता भएका छैनन्।

२४ भदौमा जेनजी आन्दोलन उग्र बन्दै गर्दा पुर्वप्रधानमन्त्री एवम रास्वपाका सभापति अस्पतालबाट भागे। लामिछाने भागेपछि राजधानी मात्र नभई देशभरकै जेलहरूमा विद्रोह सुरु भयो। त्यसैक्रममा विभिन्न कारागारमा तोडफोड भयो। सुन्धाराबाट मात्रै करिब ३३ सय कैदीबन्दी निस्के भने देशभर १४ हजारभन्दा बढी भागे। अहिले धेरै कैदीबन्दी अहिले कारागार फर्किएका छन्, जसमा रायमाझी पनि परेका छन्।

रायमाझीको भाग्ने र फर्कने कथा अझै पनि प्रश्नसहित जोडिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट