पसलमा खाएको पैसा माग्दा कुटेर रामकुमारको हत्या

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–१६ उब्दीमा बुधबार राति करिब साढे ९ बजे कुटपिट गरी ४२ वर्षीय रामकुमार चौधरीको हत्या गरिएको छ। आफ्नो दोकानमा खाएको बाँकी रकम माग्दा स्थानीय ५०–५५ वर्षका लाल चौधरीले कुटपिट गरी रामकुमारको हत्या गरेका हुन।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका लाल चौधरीले रामकुमारलाई कुटपिट गरी सडकमा धकेलेका थिए। सडकमा खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। आफन्तले तत्कालै इटहरीको सान्वि सिटी अस्पताल पु¥याए पनि उपचार हुन सकेन।

त्यसपछि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पकलीले लाल चौधरीलाई घटनास्थलबाटै पक्राउ गरेको छ। उनलाई स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

स्थानीय विवरण अनुसार, विवादको आरम्भ रामकुमारले दोकानमा खाएको पैसा माग्दा भएको हो। पैसाको विषयलाई लिएर सामान्य बहस हातपातमा परिणत भयो। मृतकको परिवारका अनुसार उनका दुई छोरा छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट